About Me

- Ashish Danai
- Hello!!! Its me Ashish Danai A Electrical Overseer from Lamjung Nepal. I am reading Bachelor in Electrical and Electronics in Pokhara University
Users Online Now
Find Us in Facebook
Hi friends i am here on YAHOO
Online Viewers
Categories
- उपन्यास (18)
- कथा (10)
- जीवनि (2)
- निबन्ध (2)
- Aadhabato (1)
- Aantarman ko Yatra-Jagadish Ghimire (1)
- Drubekshya-Narayan Dhakal (1)
- Laghu Upnyas Chatna Nasakako Chhiti-Dr. Deepak Khadka (1)
- Lolita-Vladimir Nabokov (1)
- Ma Hidako Baato-Sitaji (1)
- Muglan-Prof. Dr. Govinda Raj Bhattarai (1)
- Nirbanda-Banira giri (1)
- Palpase Cafe (1)
- Pandulipi- Krishna Dharabasi (1)
- Samaya Trashadi-Sarubhakta (1)
- The Alchemist(किमियागर)-पाउलो कोहेल्हो (1)
- कल्याणी धर्ती (The Good Earth) - पर्ल एस वक् (1)
- द्वन्द्वको अबसान-राजेश्वर देभकोटा (1)
- पन्डुलिपी -कृष्ण धराबाशी (1)
- परिभाषित आँखाहरु-पारिजात (1)
- पागल बस्ती -सरुभक्त (1)
- राधा - कृष्ण धरावासी (1)
- शहरको कथा-किशोर नेपाल (1)
- सुम्निमा-विश्वेश्वर प्रसाद कोइराला (1)
Comment this blog
Advertishment
Download now and install
Powered by Conduit |
Copyright (c) Ashish Danai. Powered by Blogger.
Followers
Welcome
Sponser
Pages
Popular Posts
-
लेखक- नीलम कार्की निहारिका कथासङ्रह-बेली 1. जेल मान्छे 2. उखुबारी ...
-
Listen Nepali Novel Aadhabato by Krishna Dharabasi PLAYED IN THE VOICE OE ACHYUT GHIMIRE Aadha Bato 1 Aadha Bato 2...
-
लेखक - कृष्ण धरावासी पौराणिक आधार मानेर लेखिएको राधा,मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल...
-
उपन्यास - पन्डुलिपी लेखक - कृष्ण धराबाशी बाचाक - अच्युत घिमिरे श्रोत - श्रुतिसम्बेग भूमिका Episode-1 ...
-
कथा - आडम्बर लेखक - अम्बिका गिरी बाचक - अच्युत घिमिरे श्रोत - श्रुतीसम्बेग एक पटक सुन्नै पर्ने कथा छ, सुन्न नबिर्सिनुहोला है। ...
-
Chatna Nasakako Chhiti 01 Chatna Nasakako Chhiti 02 Chatna Nasakak...
-
Episode 1 Episode 2 Episode 3 Episode 4
Connect With Us
Did you like this blog? click on like button if you like it
कथा
म मरिसकेँ - हरिप्रसाद भण्डारी
“को छ भित्र ?” महाकवि लक्ष्मीप्रसाद देवकोटाका घरअगाडि पुगेर कवि केदारमान व्यथितले सोधे ।
“को हो ? हामी छौँ, माथि आउनुहोस् ।” भित्रबाट नारी आवाज आयो ।
कवि व्यथित केही गुनगुनाउँदै भित्र पसे र सिँढी उक्लदै तलामा गए ।
तलामा बैठकजस्तै एउटा कोठा थियो । उक्त कोठामा एकजना व्यक्ति च्यादरले पूरै शरीर ढाकेर सुतिरहेका थिए । परिवारका अन्य सदस्यहरू मलिन अनुहार बनाएर उनका वरिपरि बसिरहेका थिए । त्यहाँको स्थिति हेर्दा वातावरण तनावग्रस्त छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्थ्यो ।
कवि व्यथितका मनमा जिज्ञासा जाग्यो । सुक्ष्म अवलोकनपश्चात् सुकुलमा बस्दै सोधे– “कोही बिरामी भयो कि ?”
“होइन... ।” लामो सास फेर्दै श्रीमती देवकोटाले उत्तर दिइन् । च्यादर ओढेर सुतेका देवकोटा रहेछन्, जवाफ दिए— “होइन व्यथितजी बिरामी मात्रै होइन, म मरिसकेँ । म जिउँदो रहिन आजदेखि ।”
देवकोटाले त्यसो भन्दा घरका परिवारहरूको अनुहार झन् मलिन देखियो । देवकोटाको जवाफ व्यथितलाई अनौठो लाग्यो र उनले आँखैआँखाले त्यहाँ भएकालाई सोधे ।
“आज पितृश्राद्धको दिन, सबै काम सकिएर भान्सामा जानेबेला भएको छ । भान्सामा जान मान्नुहुन्न, यसै सुतिरहनुभएको छ ।” आँखा रसिला बनाउँदै श्रीमती देवकोटाले भनिन् ।
“किन र ? देवकोटाजी ! खाना नखाने ? जाऊँ हिड्नुहोस् भान्सामा ।” व्यथितले अनुरोध गरे ।
“खान्न, म मरेका मान्छेले किन खानुप¥यो ?”
“मरेको मान्छे रे ! के ठठ्यौली गर्नुभएको तपाईंले ....?”
“ठठ्यौली होइन, म ठीक कुरा गर्दैछु । म मरिसकेको छु । अब मैले खानु बेकार छ । बरु मलाई भान्सामा होइन, मसानघाटमा लैजाने व्यवस्था गर्नुहोस् ।” मुखै नखोली देवकोटाले जवाफ फर्काए ।
देवकोटाका कुरा सुनेर सबैजना दिग्दार त भइनै रहेका थिए, व्यथितलाई पनि सनक चलेछ । उनले च्यादर बाहिरैबाट ‘ए पागल ! तेरो मासु अझ मरेको छैन’ भन्दै देवकोटालाई बेसरी चिमोटे । उनको चिमोटाइले देवकाटोलाई पीडा भयो र “ऐया” भन्दै ओढेको च्यादर पर हुत्याउँदै उठे । देवकोटा एउटा लँगौटी मात्र लगाएर सुतेका रहेछन् । उनी उठेर बसेपछि व्यथितले भने— “खोइ त कहाँ मर्नुभएको रहेछ, तपाईं ? मृतशरीरमा चेतनातत्व हुँदैन । तर तपाईं त चिमोटाइको पीडाले उठ्नुभयो । त्यसैले तपाईं मर्नुभएको छैन ।”
“कस्तो कुरा गर्नुभएको व्यथितजी तपाईंले ? म मरिसकेँ भन्दा पनि पत्याउनुहुन्न तपाईं ? हेर्नोस् माथि भान्सामा १८÷२० वर्षकी बाहुनी नानी छन् भान्से, घरभरि छोरी ज्वाइँ र अरू पाहुना छन् । हाम्रो ब्राह्मण संस्कारमा भान्सामा जाँदा धोती फेरेर जानुपर्छ र चौकाको पिर्कामा बसेर खानुपर्छ तर आज मसँग भान्सामा जाँदा लगाउने एउटा धोतीसम्म छैन । सधैँ त श्रीमतीले पकाउँथिन् । त्यसबेला कहिलेकाहीँ लँगौटी मात्र लगाएर र कहिलेकाहीँ श्रीमतीको पछ्यौरा फेरेर जान्थेँ भान्सामा । तर आज त्यसरी जान पनि सकिरहेको छैन । मैले जीवनमा यति परिश्रम गर्छु तर एउटा धोतीसम्म छैन मसँग । यो लँगौटी मात्र लगाएर कसरी जाऊँ भान्सामा ? ल भन्नुहोस् त ! एउटा धोतीसम्मको व्यवस्था गर्न नसक्ने मजस्तो व्यक्ति बाँचेको के सार भयो ? म मरेबराबर भइन ?”
यसको जवाफ व्यथितसँग पनि थिएन । उनी पनि मलिन र गम्भीर देखिए । देवकोटाको उक्त उद्गार सुनेपछि त्यहाँ कोठामा भएका सबै व्यक्तिका आँखा रसाइरहेका थिए ।
केही बेर पहिलेको ठट्यौली वातावरण गम्भीरतामा परिणत भयो ।
(यो प्रसङ्गलाई देवकोटाले पागल कवितामा उल्लेख गरेका छन् ।)
तथास्तु- डा. रविन्द्र समीर
ईश्वरलाई आप्mनो सृष्टिप्रति वितृष्णा जाग्यो । कोही आलिसान महलमा सुखसयल भोगिरहेका छन् भने कोही सडकमा सुत्न बाध्य छन् । यो दूरावस्था देखेपछि ईश्वरले नारदलाई साथमा लिएर दानकर्मको लागि पृथ्वीमा ओर्लिए ।
‘प्रभु ! मेरो पाँचतले घर छ, दस तले घर बनाउने इच्छा छ ।’ –ईश्वरले यथेष्ट धनको राशि उसलाई छोडे ।
‘प्रभु ! मेरो मारुती कार पुरानो मोडेल भयो, प्राडो, पजेरो चढ्न पाऊँ ।’ – ईश्वरले महँगो कार किनिदिए ।
‘प्रभु ! सहरमा मेरो जम्मा पाँच रोपनी जग्गा छ । बगैँचा, स्वीमिङ पुल, खेल मैदानको लागि जग्गा पुगेन’ – ईश्वरले प्रशस्त जग्गा किनिदिए ।
‘प्रभु ! मसँग सुन पाँचकिलो मात्र छ, अनाथमाथि कृपा होस् ।’ –ईश्वरले एक पाथी असर्फीहरू दान दिए ।
एवम् प्रकार दान दिँदै जाँदा ईश्वरले ल्याएको पैसा र सुनको थैली रित्तो भयो ।
त्यसपछि ईश्वर सुकुम्वासी टोलतर्पm प्रस्थान गरे । उनीहरूको कारुणिक स्थिति देखेर ईश्वरलाई नरमाइलो लाग्यो, तर उनीसँग दान दिने वस्तु केही पनि बचेको थिएन । ईश्वरले लाज मान्दै सुकुम्बासी सामु प्रकट भए । यी गरिबहरूले केही मागिहालेमा के दिने होला ? ईश्वरलाई सङ्कटकाल लाग्यो ।
‘प्रभु ! हामीमाथि दया होस् ।’
ईश्वरले विजय मुद्रामा जवाफ दिए – ‘तथास्तु !’
आमा-अखिल थापा
आमा बौलाइछन् । म भाव विभोर बन्छु । शब्द शून्य हुन्छु । वर्षौंपछी मेरो स्मृतिमा आमासँगका अतितहरु वर्तमान बनेर आउन थाल्छन् । मेरी आमा जसले मलाई जन्मदिइन हुर्काइन बढाइन र योग्य पुरुष बनाइन उनै मेरी आमा बौलाइछन् आज ।
विस्वास गर्न सकिनँ जब ठुल्दाइले फोनबाट यो खबर सुनाएथे । कान्छो छिट्टै नेपाल फर्के आमालाई तेरो निकै खाँचो छ । हरक्षण तेरै नाम लिँदै भन्छिन् - कान्छालाई बोलाईदेऊ ।
म हराएको थिएँ मेरो वर्तमानमा । मेरो अतित क्षितिज पारि डुबिसकेको घामजस्तै भैसकेको थियो । आमासँगका स्मरणहरु अज्ञात इतिहासको पानामा थन्काइसकेको थिएँ । सम्झन्थेँ पनि कसरी सात समुद्र पारि पृथ्वीको ठ्याक्कै पल्लोपट्टी क्षितिजभन्दा पनि पर पुगिसकेको थिएँ म जहाँ उज्यालो जगमगाउँदा मेरी आमा रात्रीदेवीको न्यानो पोल्टामा लुटपुटिसकेकी हुन्थिन । अनि त्यसरी नै भालेले कुखुरी काँ गरेर मिरमिरे बिहानीको संकेत उनलाई दिँदा सूर्यदेवले मलाई शुभरात्री भन्दै मबाट बिदा भइसकेका हुन्थे ।
आमालाई छोडेर यति टाढा आउनु बाध्यता थिएन मेरो रहर थियो शायद चाहना थियो या भनौँ मानवीय प्रवृत्ति पो थियो की जेहोस् यसको सही उत्तर छैन मसँग । मैले आमालाई छोडेँ । उनीबाट टाढा रहेँ शायद त्यसैले आज आमा बौलाइन ।
मेरो मथिङ्गलमा प्रश्नहरुको वर्षा हुन थाल्छ । आमा बौलाउनुमा के म नै दोषि थिएँ त कसरी मैले आफूलाई दोषि ठान्न सक्छु मेरा सबै दाजुहरु आमासँगै थिए । यो हैन कि आमाको मायामा विभेद थियो । उनले दाजुहरुलाई भन्दा बढी माया मलाई गर्थिन जसको कारणले उनी बौलाइन हैन यसो त हुनै सक्दैन । मेरी आमा आकाशबाट वर्षने वर्षाजस्तै थिइन जसले समानरुपमा धर्तीलाई िसंचित गर्छ । हो उनी त्यस्तै थिइन । हामी सबै भाइमा पोखिने उनको स्नेह समान थियो ।
आज पनि मैले उनको स्नेह र मातृत्वको स्पस्र महशुस गर्न सक्छु । आधुनिकताको नाममा खोक्रो र खस्रो भैसकेको मेरो ह्रदयलाई आमाको मायारुपी तेलको लेपको खाँचो छ । त्यसैले ठुल्दाइसँग अनुरोध गरेको थिएँ दाइ मलाई आमासँग कुरा गराऊ उनले नकारात्मक जवाफ दिँदै भनेका थिए कान्छो आमा कुरा गर्ने अवस्थामा छैनन् ।ु उनको जवाफले म शब्द शून्य भएको थिएँ ।
यहाँ आएदेखि नै आमासँग कुरा गरेको छैन । सम्झिँदा पनि यस कुराले मलाई भित्र पीडा दिन्छ ।आफूलाई मानवबाट महामानव बनाउने होडमा आज मैले आमाको आवाजसम्म गुमाएँ ।आमा ॥ कुन कुन रुपमा मात्रै सम्झाना गरौँ उनको । नौ नौ महिनासम्म आफ्नो गर्भमा राखेर हिँडेकी थिइन । उनले तानेको श्वासले मैले श्वास फेर्थेँ उनकै रगतबाट मैले पेट भर्थेँ र पनि उनले वात्सल्य लुटाईरहिन । आफ्ना हत्केलाहरुले पेटलाई सुमसुमाइरहन्थिन जसको स्पर्श गरॆर म दंग पर्थेँ गर्वमै पनि । जब मेरो जन्म भयो असहाय र एक्लो थिएँ । नाङ्गो र भोको थिएँ । कालचक्रको कालखण्डमा भएभित एउटा प्राण थिएँ । त्यस अवस्थामा पनि मैले मन्द मुस्कान पोख्दै आफ्नो मातृत्व लुटाउँदै गरेकी मेरी आमाको सामीप्य पाएको थिएँ । तत्पश्चात् मेरा प्रत्येक समस्याहरुको सामु समाधान बनेर उभिएकी पाउँथेँ मेरी आमालाई हरपल हरक्षण ।
मेरी आमा स्वयं एउटा इतिहास थिइन। स्वाभिमानी अटल र विवेकी थिइन । इतिहासदेखि नै उनले आफ्नो छुट्टै स्वाधिन र स्वतन्त्र इतिहास बनाएकी थिएन । उनलाई कहिल्यै परतन्त्र हुनुपरेन । इतिहासको कालखण्डमा थुप्रै आमाहरुको चीर हरण हुँदा पनि मेरी आमाले आफ्नो चीर सुरक्षित राखेकी थिइन । त्यसैले पनि मैले गर्व गर्थेँ आमाप्रति । उनीबाट टाढा भएपछि उनको महत्व अरु टड्कारो भएको थियो मेरो लागि । पहिलो पल्ट यहाँ आउँदा मलाई चिन्ने कोही थिएनन् तर आमालाई भने कोही नचिन्ने थिएनन् । अहिले पनि सम्झँदा गौरवान्वित हुन्छु म आमाप्रति । आमाका मैले खिचेर ल्याएका तस्वीरहरु हेर्ने र ती तस्वीरहरु किन्नेको मेला नै लागेको थियो त्यतिबेला । आमाका तस्वीर त्यो पनि डलरमा बिक्नु मेरो लागि अकल्पनीय कुरा थियो । मेरो डलरप्रतिको मोह यति बलियो थियो कि आमाका तस्वीर अति गौण लाग्थे मलाई । जेहोस् मैले आमाका तस्वीर बेचेर डलर संकलन गरेको थिएँ । विदेशमा पनि मेरी आमाले मलाई बेखर्ची हुनबाट जोगाएकी थिइन त्यसरी ।
आमा चौपट्टै राम्री थिइन । सायदै अरु आमाहरु यति राम्रा हुन सक्छन् । घना केशराशी नागबेली बनेर कम्मरमुनीसम्म फैलिएको थियो । चम्किलो र उच्च उठेको निधार पंङ्गतीबद्ध सेता मिलेका दाँत चम्किला आँखा सलक्क परेको नाक समग्रमा भन्नुपर्दा सबैतिरबाट सौन्दर्यकी प्रतिमूर्ति नै थिइन मेरी आमा ।
तिनै मेरी आमा बौलाइन आज । म कसरी कल्पना गर्न सक्छु मेरी आमा पनि बौलाउन सक्छिन् भन्ने कुरा । म भाव विभोर बन्छु । धैर्यताकी प्रतिमूर्ति सहनशीलताकी खानी गम्भीर र शान्त मेरी आमा ॥ आज बैलाइन । ठुल्दाइले झूठ त बोलेनन् होला सायद आमा बौलाइन नै होला ।
अब मैले यहाँ बस्नु हुँदैन । मैले उनलाई भेट्नु पर्छ । उनलाई मेरो खाँचो छ । अब म घर फर्कनै पर्छ । मैले घर फर्किने चाँजो मिलाउँछु ।
ठुल्दाई लगायत सबै दाजुहरुले विमानस्थलमा मेरो स्वागत गरे । साँझको समय घनघोर वर्षा भैरहेको छ । निस्लोट अध्याँरो छ । शायद प्रकृतिले पनि दुःख मनाउ गरिरहेको छ ।
हामी घरमा पुग्यौँ । उही पुरानो घर रङ्गरोगन खुइलिएको कतै मर्मत नगरिएको फर्निचर कुसर्ी टेवल सबै उस्तै त्यस्तै र दुरुस्तै । मलाई वाल्यकालको सम्झना आउँछ दाजुहरुसँग लुकामारी खेलेको । आमालाई सताउन छुलयाईं गरेको अनि आमाले हातमा कुचो लिई हामीलाई लखेटेको …॥ । म वाल्यकालको स्मृतिमा घोत्लिँदै थिएँ ठुल्दाइको आवाज मेरो कानमा पर् यो ुकान्छो के टोलाएको हिँड् एकछिन बैठक कोठामा बसौँ । मैले हतासिँदै भनेको थिएँ ुदाइ पहिले आमालाई भेट्न जाउष ।
उनी अक्मकिएर र भने ँदेखिहालिस हाम्रो घरको अवस्था । बत्ती छैन । सधैँ लोडसेडिङ छ यहाँ । टुकीको उज्यालोमा तँलाई ठम्याउन नसक्लिन आमाले । त्यसैले भाइ बत्ती आउन्जेल कुरौं । हिँड एकछिन बसेर दाजुभाइको भलोकुसारी गरौँ ।
आमालाई भेटिहाल्ने उत्सुकता मनमा भएपनि दाजुको भनाई जायज लाग्यो मलाई । हामी सबैजना बैठक कोठामा प्रवेश गर् यौँ । टुकीको उज्यालोमा एकले अर्कोलाई नियाल्यौँ । बाहिर निरन्तर वर्षा भइरहेको थियो । बीचबीचमा बिजुली चम्किन्थ्यो र त्यसको प्रकाशभित्रसम्म आइपुग्थ्यो ।
केही समयसम्म कोठामा सन्नाटा छाउँछ । सबै दाजुहरु मौन र स्तब्ध छन् । मैले ठानेँ सायद आमा बौलाउनुभएको पीडाले होला । केही समयपछि सन्नाटालाई चिर्दै ठुल्दाइले घाँटी सफा गरेर भने भाइ कान्छो यहाँ कुरा बेग्लै छ । तँलाई मैले सबै भन्नै पर्छ । तँ त उता थिइस् यहाँको बारेमा तँलाई केही थाहा भएन एकछिन रोकिए ।मैले सबै दाजुहरुमा सरसर्ती दृष्टि पुर् याउँछु । सबै गम्भीर देखिन्छन् । मैले ठानें विषय पक्कै गम्भीर छ ।
हामी दाजुभाइमा पहिलेको जस्तो मेल रहेन । दाइको आवाजले म झस्किन्छु । हो कान्छो आज हामी भाइ भएर पनि मानसिक रुपमा भाइ रहेनौँ । दाजु यो कसरी सम्भव छ मेरो मुखबाट आकस्मिक र अपत्यारिलो शब्द फुस्कन्छ । तेरो झस्काइमा सत्यता छ कान्छो । संसारका सबै भाइहरु भन्दा भिन्न थियौँ हामी । हाम्रो घरको भातृत्व प्रेम देखेर इश्र्या गर्थे छिमेकीहरु । एउटै थालमा खान्थ्यौँ । एउटै गुन्द्रीमा सुत्थ्यौँ । एउटै बगैचामा लुकामारी खेल्थ्यौँ । कहिल्यै झगडा गरेनौँ । शान्ति प्रेमी थियौँ हामी । कहिल्यै कसैमाथि जाइ लागेनौँ तर हामीमाथि आइ लाग्नेलाई एकजुट भएर बाँकी राखैनौँ । बडो गर्वका साथ बोल्दै थिए ठुल्दाइ ।
त्यसैले त हाम्री आमाले गर्व गर्थिन हामीप्रति । मैले बीचमै बोलेँ ।
त्यही त आज अभिशाप भैदियो कान्छो ।
मैले कुरा बुझिन र सोधेँ भाइ भाइको मेल कसरी अभिशाप हुन पुग्यो दाइ मैले त बुझ्न सकिँन नि ।
भाइको मेल अभिशाप होइन कान्छो आमाको मातृत्व अभिशाप भैदियो ।
आमाको मातृत्व के कुरा गरेको दाइ तपाईंले
यो हामी सबैको ठहर हो भाइ मेरो मात्रै व्यक्तिगत विचार होइन । एकछिन रोकेर ँहामीले आमा त पायौँ भाइ तर साह्रै निरिह र लाचार । जोसँग मातृत्व त छ तर उर्वरा वक्षस्थल छैन । स्नेह त छ तर भरपेट खुवाउने सामथ्र्य छैन ।
मलाई बुझ्न कठिन पर्छ उनले कै भन्न खोज्दैछन् । संसारका सबै आमाहरु निरिह र लाचार बन्छन् जब उनका सन्तानहरु कर्मवीर नभइ नपुङ्सक भैदिन्छन् । मैले बुझेको यही थियो । तर मेरा ठुल्दाइ इतिहासमा थुप्रै युद्धहरु लडेर नाम कमाइ सकेका थिए । साहसिको सम्मान स्परुप थुप्रै थुप्रै तक्माहरु पाइसकेका थिए । उनै कर्मवीर ठुल्दाइ कसरी नपुङ्सक बन्न सक्थे यो अति नै विरोधाभाष परिस्थिति बन्यो मेरा लागि ।
कान्छो यो सबै भन्नुपर्दा मलाई कििाचत पनि आत्मग्लानी छैन । मैले यो घरमा धेरै दुःखकष्ट झेलेको छु । जेठो भएको नाताले धेरै कुराहरुको भार मैले नै उठाउनुपथ्र्यो ।
यो भन्दै गर्दा उनले अरु भाइहरुलाई पनि एकपल्ट हेरे मेरो मतलव भाइहरुले केही गरेनन् भन्ने होइन । विचराहरुले धेरै गरे तर जति गरेपनि केही लागेन । परिणामतः अभावले हामी भाइमा फुट ल्यायो । फुटले नकारात्मक सोंच ल्यायो अनि त्यसले विनास ल्यायो ……॥ उनी बोल्न सकेनन् । सायद घाँटी अवरुद्ध भयो । फेरि केही क्षणको लागि वातावरण स्तब्ध भयो ।
तर आमामाथि दोषारोपण किन गरीबी आमाको चाहना थिएन । अभाव आमाको कारणले पक्कै होइन । यहाँ यस्ता धेरै घर छन् जहाँ साँझ बिहान चुलो जल्दैन । हुर्कन नपाउँदै बालबालिकाहरु कुपोषणाको शिकार हुन पुग्छन् । अन्नको अभावमा युवाका छातीहरु सारङ्गीको ताना जस्तै देखिन्छन् । युवतिका अनुहार शम्सानबाट उठाएर ल्याएको कंकाल जस्तै देखिन्छ र पनि उनीहरु आफ्नी आमालाई दोषी ठान्दैनन् । मैले ठोकुवा गरेर भन्न सक्छु हाम्री आमाले हामीलाई त्यस्तौ अवस्थामा कहिल्यै पुर् याइनन् ।
आमाको बारीमा धानका बाला झुल्थे गहुँका वाला लहराउँथे मकैका घोंगा मुस्कुराउँथे र फापरमा फूलहरु फूल्थे । आजपनि ताजै छ मेरो दिमागमा आमाको आँचल भरिभरि अन्नका दानाहरु हुन्थे ।
कान्छो, तैले के सोंच्दैछन् मैले अनुमान गर्न सक्छु । यो हाम्रो दुर्भाग्य हो हामीले गरिब घरमा जन्म लियौँ । हामी गरीवका सन्तान भयौं । हामीसँग भरपेट खाने अन्न छैन । कसरी पढलेख गर्नसक्छौँ कसरी विज्ञान र विकासको कुरा गर्न सक्छौँ तँ आफै विचार गर कान्छो यो एक्काइसौँ शताब्दीको संघारमा उभिएर पनि हामीसँग केही छैन । तँ-हामी जस्तै मान्छे चन्द्रमामा बसाई सर्ने चाँजो मिलाउँदैछन् । मंगलमा पुग्न खोज्दैछन् । निहारिकामा घुम्न गएको सपना देख्छन् तर हामी भने पेटकै लागि रुँदैछौँ । यो सबै आमाकै कारणले हैन त उनले हामीलाई भरपेट खान दिन सकिनन् । न त उचित शिक्षा दिन नै सकिन ।
मैले उनलाई चित्त नबुझ्दो हेराई हेर्छु । उनले बुझेछन् क्यारे तुरुन्तै आफूलाई सच्च्याउँदै भने ँहामीले त्यस्तो पटक्कै सोंचेका थिएनौँ कान्छो । हामी त एकले अर्कोलाई दोषी ठान्दै झगडा गरिरहन्थ्यौँ । एउटै आमाका सन्तान भएर पनि हामीले आफूलाई वर्णको आधारमा भाषाको आधारमा पोषाकको आधारमा यस्तै यस्तै अनेक आधार र वहानाहरुमा विभाजित भएर झगडा गथ्र्यौँ । हामीले हाम्रो विवेक गुमाइसकेका थियौँ । साइलोले त हतियार नै उठायो । झण्डै विनास निम्ताएको थियो यसले ।
मैले साइलो दाइलाई हेर्छु उनले आफ्नो जिउ तन्काउँदै हो मैले त्यसै गरेको थिए भन्ने संकेत दिँदैछन् ।
ठुल्दाइ बोल्दै जान्छन् हामी सबै भाइ एक आर्कालाई मास्ने उदण्डमा लागेका थियौँ । त्यसैबीच आमा आएर भनिन झगडा नगर यो सबै दोष मेरो हो । मैले नै तिमीहरुको माग पूरा गर्न सकिँन । मैले नै तिमीहरुलाई केही दिन सकिँन । जे गर्नु छ मलाई गर तर तिमीहरु मिलेर बस । त्यसपछि भाइ हामीले थाहा पायौँ हाम्रोबीचको कटुताको कारण । आज हामीमा मेल छ तर अब एउटै प्रश्न छ हामी हाम्री गरीव लाचार र विवास आमालाई के गरौँ ।
दाजुको प्रश्न म प्रति थियो या आफैँ प्रति मैले बुझ्न सकिनँ । त्यति बोलेर उनी चुप लागे । मेरो छाती गर्वले ढक्क फुल्छ । धन्य हुन् मेरी आमा कति विवेकी छन् उनी । सन्तानहरुको कलह शान्त गर्न आफ्नै थाप्लोमा दोष सारिछन् । कति मूर्ख छन् मेरा दाजुहरु आमालाई नङ्ग्याएर आफ्नो दोष छोप्न उद्दत ।
म त्यस्तो स्थानबाट घर फर्केको छु जहाँका सन्तानहरुले आमाबाट के पाएँ हैन आमालाई के दिएँ भनेर चिन्तन गर्छन् । तब पो ति आमाले गर्व गरेर विश्वसामू श्रीपेच लगाएर हिँड्न सकेकी छन् । मेरो छाती यसै यसै पिल्सीएर आउँछ रोक्दा रोक्दै पनि आँखाबाट दुई थोपा आँशु झरी हाल्छ ।
ठुल्दाइ आफ्नै स्पष्टिकरणमा जुटेका छन् । हेर कान्छो तैँले अभाव झेल्नु परेन त्यसैले त्यसको स्वाद थाहा छैन । मलाई जहाँसम्म लाग्छ तैँले हाम्रो पीडा महशुस गर्न सक्दैनस् तर मलाई विश्वास छ तँ हाम्रो भाइ होस् ढिलो चाँडो सबै बुझ्नेछन् । तैँले एकपल्ट आफूलाई हेर अनि ऊ तँ भन्दा नौ महिना जेठो ठुलो कान्छोलाई हेर उ पनि पोषिलो खाना खाएको भए तँ जस्तै खाइलाग्दो देखिन्थ्यो होला । विचराको घाँटीमा नशा मात्रै बाँकी छ । सिस्नोको खोले पनि भाग्यमा छैन विचराको ।
मैले ठुलोकान्छो दाइलाई हेर्छु । उनी आफ्नो कमजोर शरीर लुकाउन केही सिकुडिन्छन् । दाइले सिस्नोको खोलेको नाम लिँदा एउटा घटना ताजा बनेर मेरो मानसपटलमा आउँछ । त्यतिबेला म सानै थिएँ । शायद छ सात वर्षको । लामो समयसम्म वर्षा हुँदैन । जमीन सुकेर चिरा पर्छ । सबैको अन्न बाली नष्ट हुन्छ । सबैतिर अन्नको अभावमा हाहाकार छाउँछ । मानिसहरु भोक र प्यासले छटपटाउन थाल्छन् मर्न थाल्छन् । धन्य हुन मेरी आमा त्यस्तो असम परिस्थितिमा पनि सहजै पार लगाउँछिन् हामीलाई । सिस्नोको खोले अनि कोदोको ढिँडो साथमा हिमाली जडिबुटीहरुको परिकार । आहा॥ सम्झिँदा पनि जिव्रो रसाएर आउँछ । छिमेकीका बालबालिकाहरु कुपोषणले खिनौरा देखिन्थे । हामी भने पहिलेभन्दा ह्रष्टपुष्ट र तन्दुरुस्त देखिन्थ्यौँ ।
ठुल्दाइ म आमालाई भेट्न चाहन्छु । मेरो मुखबाट दृढ आवाज निस्कन्छ ।
सबै भाइहरु एक अर्कालाई हेर्न थाल्छन् । ठुल्दाइले भन्छन् ँआमालाई भेट्नुभन्दा पहिले एउटा निष्कर्षमा पुग्नु जरुरी छ कान्छो ।
मैले कुरा बुझ्न सकिन र प्रश्न सूचक दृष्टि लगाउ छु उनीमाथि । ँहामी सबेैको राय एउटै छ । तं घरमा नभएर मात्र कुरा अल्झेको हो । अब त तं पनि आइस सबै कुरा सुनिहालिस हाम्रो रायमा तेरो पनि सहमति हुने नै छ । यति भन्दै मतिर हेर्छन ।
के कुरामा राय हो दाइ स्पष्ट पार्नुभए हुन्छ । मैले भन्छु ।
कुरा बेग्लै छ कान्छो । वास्तवमा आमा बौलाएकी छैनन् ।
आमा बौलाएकी छैनन् खुसिले उत्छलिन्छ मेरो आवाज । झण्डै कुर्सीबाट लड्छु ।
यति धेरै खुसि हुने अवस्थामा पनि छैनिन उनी । दाइ बोल्छन् । मेरो शरीर शिथिल भएर आउछ ।
उनी रुग्ण जिर्ण र नाजुक अवस्थामा पुगिसकेकी छन् कान्छो । उनमा होश छैन । समय समयमा होशमा आउछिन् । होश आएको थाहा पाएर दौडिदै भेट्न जान्छौ बेहोश भैहाल्छिन् । दिक्क भैसक्यौ हामी । मानव धर्मको ख्याल राख्नै पर् यो । उनको इच्छाविपरित अंशबण्डा पनि गर्नभएन । हामीले तलाई बोलाउनुको कारण पनि यही हो । उनको पनि जिकीर यही छ कान्छोलाई बोलाइदेउ ।
अंशबण्डाको आकस्मिक कुराले म स्तब्ध हुन्छु । विचरी आमासंग अब के नै बांकी छ र हामीले लिनलाई । जै जति थियो त्यो सबै त हामीलाई लुटाइसकेकी छन् । मैले केही बोल्न नपाउदै र तर्क गर्न नपाउदै ठुल्दाइ भन्छन् हेर कान्छो यो हामी सबै भाइको अन्तिम निर्णय हो । यसमा तैले भांजो हाल्ने ठाउँ कही कतै छैन । सबै भाइ एक भएको ठाउँमा तँ आउनै पर्छ । आमासंग अब जे जति बाँकी छ त्यो हामीले बाँडेर लिनै पर्छ । इतिहासको कालखण्ड भत्किनु पर्छ । स्वतन्त्रताको विगुल फुक्नुपर्छ । हामीले स्वायत्तता पाउनै पर्छ । पूर्णरुपमा हामी स्वाधिन हुनै पर्छ । उनी जोशिँदै जान्छन् । मानौ युद्धको शंखघोष गर्दैछन् । उनको भावावेशले मलाई जड बनाइदिन्छ । लाग्दछ अब म मान्छे नभई एउटा जड वस्तु हुँ जसले न त केही सुन्न सक्छ न महशुस गर्न नै सक्छ ।
तर सबै भाइको अनुहारमा ठुल्दाइको त्यो आवेशले खुसि र उमङ्ग छचल्काइदिन्छ । मानौ उनीहरुले खोजेको स्वतन्त्रता र उनीहरुको स्वाधिनता आमाले लुकाइराखेकी छन् । जुन केही क्षणमै उनीहरुले पाउने छन् र विजय उत्सवमा निस्कने छन् ।
कान्छो उठ के टोलाएको दाइको आदेशपूर्ण आवाज मेरो कानमा पर्छ । गह्रौ मेरा पाइलाहरु अनायासै अघि बढ्छन् । एकैछिनमा म आमाको कोठामा पुग्छु । ढोका खुलेको आवाज चाल पाएर उनले आँखा खोल्छिन् र ममाथि दृष्टि पुर्याउँछिन् । आमाले मलाई चिनिछन् कान्छो त आइस् उनको मुखबाट झिनो आवाज निस्किन्छ । त्यसै क्षण दाजुहरुभित्र पस्छन् । उनीहरुलाई देख्नासाथ उनको अनुहार भयग्रस्त देखिन्छ र पुनः बेहोस हुन्छिन् ।
साइलो दाइले जङ्गिदै भन्छन् देख्यौ फेरि बेहोस भइन् । मलाई त लाग्छ यो सबै आमाले गरेको नाटक हो । हामी माथिको षड्यन्त्र हो । उनले हामीलाई खुसि देख्न चाहन्निन् ।
ठुल्दाइले थप्छन् के भो त अब पहिले पो कान्छो यहा थिएन हामीले मात्र अंशबण्डा गर्दा यसले केही भन्ला भन्ने । अब त यो पनि यही छ । आमाले माने पनि नमाने पनि हामीले हाम्रो अंश लिन सक्छौ ।
माइलो दाइले मौनता भङ्ग गर्दै बोल्छन् ँत्यसो हो भने ढिलो किन गर्ने सबै भाइ उपस्थित छन् शुरु गरौ ।
एक क्षण सबै जना मौन रहे । त्यही मौका पारेर टुकीको उज्यालोमा मैले आमालाई माथिबाट तलसम्म नियाल्छु । आमाको यस अवस्थाको कल्पनासम्म गर्न सक्दिनथे म । ह्रदय द्रवित भएर आउंछ ।
त्यसैबीच ठुल्दाइ बोल्छन् हामी धेरै भाइ छौ कमसेकम आमाको एउटा वस्तु एक भाइलाई अवस्य परोस् भन्ने म चाहन्छु । त्यसैले शान्तिपूर्वक आमाको शरीरबाट एउटा एउटा वस्तु हामी सबैले प्राप्त गरौ । रुकेर लेघ्रो तान्दै भन्छन् म भाइहरुमा जेठो पनि हुं । जेठो छोराले जेठासी पाउने हाम्रो कूलको परम्परा पनि हो । अब यहां परम्पराको कुरा नगरौ । हामी सबै दरिद्र आमाका सन्तान । एउटा एउटा वस्तु पाउनु नै भाग्यको कुरा छ यहां । तै पनि जेठो भएको नाताले पहिले रोज्ने अधिकार मलाई नै हुन्छ । म सबै भाइको सहमतिमा आमाको शिरफूल लिन तयार छु ।
यसैबीच माइलो दाइको स्वर सुनिन्छ म चांही घाँटीको तिलहरी लिनुपर्ला ।
साइलो मैले चांहि कानको ढुँग्री मै चित्त बुझाउनुपर्ला । के गर्ने रोलपालो मिच्न पनि भएन ।
काइलो मलाई अरु मतलब छैन आमाको फूली चाहिन्छ मेरी स्वास्नीको इच्छा पनि त्यही छ ।
राइलो अनि मैले चांहि के झुत्रो चोलो लिनु
ठाइलो अनि म चाहि थाङ्ने गुन्यू
अन्तरे अनि म चाहि के नी
जन्तरे ए त्यसो कहा हुन्छ जे जति छ सबैले समानुपातिक रुपमा बाड्नुपर्छ ।
ठुलोकान्छो कुरा सही हो त्यसै गर्नुपर्छ । हैन भने परिणाम राम्रो हुने छैन ।
देख्दै छु एकाएक सबै दाजुहरु आमाको शरीरमाथि झम्टिन थाल्छन् । लुछाचुँडी हुन्छ । गहना निकाल्ने होडमा आमाको अस्तित्व शून्य भैदिन्छ । शीरको शिरफूल लुछिन्छ जगल्टा सहित । कानको ढुङ्ग्री लुछिन्छ कानको लोती सहित । नाकको फूली लुछिन्छ नाथ्री सहित …… हेर्दा हैर्दै आमाको अङ्गप्रत्यङ्गबाट रगतको भल फुट्न थाल्छ । लुगाहरु च्यातिदै जान्छन् । क्षणभरमै आमा नाङ्गिन्छिन् र नितान्त नाङ्गी हुन्छिन् । उनीहरुले आमालाई लुछ्दै जान्छन् गिद्धले सिनो लुछे जस्तै । त्यतिले पनि शान्त बन्दैनन् उनीहरु । विवेकहिन पशु जस्तै तोडफोड गर्न थाल्छन् । कोठाका शीशा फुट्छन् । झ्यालहरु फुस्किन्छन् । ढोकाहरु फुस्किन्छन् । एक अर्कोलाई मुक्काहरु वर्षाउन थाल्छन् । अन्ततः त्यसरी नै लुछाचुडी मुक्कामुक्की र खोसाखोस गर्दै ढोकाबाट बाहिरिन्छन् ।
कोठामा सन्नाटा छाउछ । आफ्नै रगतको पोखरीमा पल्टिरहेकी मेरी आमा छिन् अनि म छु । मेरा आँखाबाट आँसुका वर्षा बर्षिन थाल्छन् । म आमाको छातीमा गएर घोप्टो पर्छु । कति समयसम्म आमा बेहोस रहिन र म स्मृति शून्य भएर उनको छातीमा घोप्टो परिरहे थाहा हुदैन ।
कता-कता मेरो टाउकोमा मायालु स्पर्श महशुस गर्छु । विस्तारै चेत फर्किन्छ मेरो । आमाले आँखा खोलेकी रहिछन् । उनको स्नेही हात मेरो टाउकोमा स्पर्श गर्दै थियो । रगतमा लत्पतिएको उनको शरीर अझै पनि त्यस्तै थियो ।
आमा ।; त्यति मात्र शब्द निस्किन्छ मेरो मुखबाट । म हिक्का छोडेर रुन थाल्छु ।
आमाको कम्पित स्वर मेरो कानमा पर्छ ँअब केटाकेटी रहिन् छोरा यसरी रुनलाई । ति मेरै सन्तान थिए आफ्नै रगत बिसर्िदे तिनीहरुलाई । तँ आइस एउटा नयाँ विचार र नयाँ सोंच लिएर । म यसमै खुसि छु । तं उनीहरुभन्दा भिन्नछस् छोरा । यो विचारलाई मर्न नदिएस् । म धन्य भएं आज एउटा सुपुत्र जन्माउन सकेकोमा । संसारका सबै आमाले यसै क्षणको प्रतीक्षा गरेका हुन्छन् । अब उठ । अवेर नगर । ढिलोचाँडो तेरा दाजुहरुले अवस्य तँलाई पछ्युउने छन् । उ हेर त सूर्यका सुनौला बिहानी किरणहरुले बोलाउदैछन् तँलाई ।
मैले झ्यालबाट बाहिर हेर्छु । छताछुल्ल उज्यालो पोखिएको थियो । एउटा नयाँ बिहानी । मैले आमालाई उठाउंछु र बाहिर निस्कन्छु । वर्षौपछि उज्यालो देख्न पाएका आमाका आँखा चम्किला देखिन्छन् । मन्द मुस्कान पोख्दै उनले नयाँ समयलाई हेर्छिन ……। एक टकले ……। हेर्दै जान्छिन् ।

Subscribe to:
Posts (Atom)
connect